डिसहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

नेपालभ्युज

डिसहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने

काठमाडौं। नेपालीहरूको महान् चाड दशैं, तिहार र छठ पर्वको अवसर पारेर डिसहोमले नयाँ अफर ल्याएको छ । डिसहोमले आफ्ना ग्राहकहरूका लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार डिसहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरूलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिसहोमको डिलर दाइबाट फन्ड ट्रान्सफरमार्फत एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना अर्थात् दुई वर्षसम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरू मध्येबाट प्रत्येक हप्ता लक्की ‘ड्र मार्फत’ एकजना ग्राहकले एक लाख पनि जित्न सक्नेछन् । कम्पनीका अनुसार हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोमका एक्सक्लुसिभ च्यानलहरू रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपाली च्यानललगायत डिसहोम सोकेसमा ‘लक्की ड्र’ को प्रत्यक्ष प्रसारण हुनेछ ।

एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिसहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो ।
साथै, डीटीएच प्रविधि मार्फत टेलिभिजन सेवा दिइरहेको डिसहोमले फाइबरमार्फत डिसहोम फाइबरनेट ब्रान्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved