महिला प्रहरीसँगको दोस्तीलाई लिएर दुई सिपाहीबीच गोली हानाहान

नेपालभ्युज

महिला प्रहरीसँगको दोस्तीलाई लिएर दुई सिपाहीबीच गोली हानाहान

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा महिला प्रहरीसँग को नजिक हुने भन्ने विषयमा दुईजना प्रहरीबीच गोली हानाहान भएको छ । बरेली जिल्लाको एक पुलिस थानामा तैनाथ महिला प्रहरी जवानसँगको मित्रतालाई लिएर २ जना सिपाहीले सरकारी पेस्तोल चलाएको एनडीटीभीले जनाएको छ ।

महिला प्रहरीको विषयमा दुई जना सिपाहीबीच पहिलेदेखि नै मनमुटाव रहेपनि पछिल्लो पटक गोली हानाहान गरेको गरेको खबरमा उल्लेख छ । गोली चले पनि दुवैलाई लागेको भने छैन । मङ्गलबार घटना सार्वजनिक भएपछि बरेली जिल्लाका प्रहरी प्रमुखले थानाका प्रमुखसहित पाँच जनालाई अनुशासनको कारबाही गर्दै जिम्मेवारीबाट हटाएका छन् ।

बरेलीका प्रहरी प्रमुख सत्यार्थ अनिरुद्र पंकजले तुरुन्तै घटनाको जाँच गराएको र थानाका इन्सपेक्टरसहित पाँच जनालाई निलम्बन गरेको जानकारी दिएका छन् ।

महिलासँगको मित्रतासँगै उक्त प्रहरी चौकीमा अवैध कमाईको बाँडफाँटलाई लिएर पनि बेला बेला मनमुटाव हुने गरेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved