धनुषाबाट माओवादीका सबै उम्मेद्वार सिफारिस

धनुषाबाट माओवादीका सबै उम्मेद्वार सिफारिस

जनकपुरधाम । मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र धनुषाले उम्मेदवारको नामावली टुङग्याएको छ ।

मंगलबार जनकपुरधाम स्थित पार्टी कार्यालयमा बसेको जिल्ला, प्रदेश र केन्द्रीय सदस्यको संयुक्त बैठकले प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष तर्फ २७ जनाको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फको नामावली  टुंगो लगाउन बाँकी रहेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए ।

धनुषा-१ का मा प्रतिनिधिसभा तर्फ मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरिएको छ । त्यस्तै, प्रदेशसभा १ (क) का लागि जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा  १ (ख) का लागि प्रत्यक्षमा प्रदेशसभातर्फ सरोज यादव, प्रदीप साह, गुलाब यादव, सूर्यनारायण मण्डल र वीरेन्द्र महतोको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको धनुषाका संयोजक यादवले जानकारी दिए ।

त्यस्तै,धनुषा- २ का लागि प्रतिनिधिसभातर्फ योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम सिफारिस भएको छ भने प्रदेशसभातर्फ  २ (क) बाट देवचन्द्र यादव र रेखा मडलको नाम सिफारिस भएको छ ।

२ (ख) मा प्रत्यक्षतर्फ श्यामकुमार यादव, रामकिशोर पासमान, अनिल पासमान र वैद्यनाथ मण्डलसहित ४ जनाको नाम सिफारिस भएको छ ।

धनुषा-३ बाट प्रतिनिधिसभा तर्फ सौखिलाल पासमान र युगेश्वर यादवको नाम सिफारिस भएको छ भने प्रदेशसभातर्फ  ३ (क) मा अनिल पासमान, चन्द्रशेखर साह तथा   ३ (ख) मा प्रत्यक्षतर्फ महेश यादवको एकल नाम सिफारिस भएको छ।

त्यस्तै,धनुषा–४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देवसागर दासको एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभामा ४ (क) बाट अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस भएको छ।

४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको संयोजक यादवले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved