कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

नेपालभ्युज

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डले  शुक्रबार सार्वजनिक गरेको हो ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा  सञ्चालन भएको उक्त परिक्षामा १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेको परिक्षा बोर्डले जनाएको छ ।

बाेर्डका अनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या चार हजार एक सय ७९ रहेको छ । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सङ्ख्या ३० हजार एक सय सात जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको सङ्ख्या ६५ हजार दुई सय ८४ रहेको छ ।

यस्तै २.४१ देखि २.८० जीपीए ल्याउनेको सङ्ख्या ६४ हजार ९३, २.०१ देखि २.४० जीपीए ल्याउनेका सङ्ख्या १० हजार नाै सय र १.६१ देखि २.० जीपीए ल्याउनेको सङ्ख्या ३५ रहेको  छ ।

यसरी हेर्न सकिन्छ नतिजा

वेबसाइट:

राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट : www.neb.gov.np

नेपाल टेलिकमकाे वेबसाइट : www.neb.ntc.net.np

एसएमएस सेवा:

नेपाल टेलिकमकाे १६०० मा एमएमएस गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा एसएमएस गर्ने ।

आईभीआर सेवा:

नेपाल टेलिकमकाे १६०१ नम्बरमा डायल गरी प्राप्त नतिजाअनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved