मेयर बालेनको दौडधुप : जनगुनासो सुनाउन स्वास्थ्य मन्त्रालय पुगे

नेपालभ्युज

मेयर बालेनको दौडधुप : जनगुनासो सुनाउन स्वास्थ्य मन्त्रालय पुगे

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गरेका छन् । सरकारी अस्पतालको सेवाबारे जनताबाट आएका गुनासो सुनाउन मेयर शाह बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका हुन् ।

स्वास्थ्यमन्त्री खापुङका प्रेस सल्लाहाकार केदार प्रसाद गौतमका अनुसार मेयर शाहले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले भने- ‘मेयर शाहले सरकारी अस्पतालमा सेवा सर्वसुलभ भएन। सरसफाइ भएन र बिरामी र आफन्तलाई गर्ने व्यवहार पनि राम्रो भएन भन्ने गुनासो आएकोबारे मन्त्रीलाई जानकारी गराउनु भएको छ । मन्त्रीलाई अस्पतालको निरीक्षणका लागि समेत आग्रह गर्नुभएको छ ।’

मन्त्री खापुङले यसअघि नै सरकारी अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा सर्वसुलभ र व्यवस्थित बनाउन निर्देशन दिइसकेको जानकारी गराएका थिए ।

भेटमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्य मन्त्रालयका सचिव दोय देवकुमारी गुरागाईं र डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह, वीर अस्पतालका निमित्त प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेत, प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठलगायत उपस्थित थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved