लौरो अभियानबाट यस्ता छन् प्रतिनिधिसभाका सात उम्मेदवार

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले साझा चुनाव चिन्ह लोरो राखेर साझा घोषणा पत्र र साझा उम्मेदवार घोषणा गरेको छ। ललितपुरमा एक कार्यक्रम गरेर प्रतिनिधिसभाका ७ उम्मेदवार घोषणा गरेको हो।

नेपालभ्युज

लौरो अभियानबाट यस्ता छन् प्रतिनिधिसभाका सात उम्मेदवार

काठमाडौं। स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले साझा चुनाव चिन्ह लोरो राखेर साझा घोषणा पत्र र साझा उम्मेदवार घोषणा गरेको छ। ललितपुरमा एक कार्यक्रम गरेर प्रतिनिधिसभाका ७ उम्मेदवार घोषणा गरेको हो। बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरू सार्वजनिक गरिएको हो।

जसअनुसार काठमाडौं –५ मा मधुसूदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ।

भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भीष्म राना र उदयपुरमा गजेन्द्र महतलाई उम्मेदवारका रूपमा अघि सारेको छ।

अभियानका संयोजक सायमी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए। त्यतिबेला उनले आँखीझ्याल चुनाव चिन्हबाट १३ हजार ७७० मत ल्याएर चौथो भएका थिए। स्थानीय तह निर्वाचन पछि सायमी स्वतन्त्र अभियानमा सक्रिय छन्। सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved