काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पछिल्लो समय निकै चर्चामा छन् । स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी भएमा साम्पाङको सुरु सुरुमा निकै तारिफ भयो । तर पछिल्लो समय साम्पाङले ताली भन्दा धेरै गाली र आलोचना पाउने गरेका छन् ।
खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आलोचना गर्ने र फेसबुकमा एक दिनमै धेरै स्टाटस लेख्न थालेपछि उनको आलोचना सुरु भएको छ । आफूलाई आलोचना गर्नेविरुद्ध साम्पाङले पनि कडा आलोचना गर्दै आएका छन् ।
तल्लो स्तरका शब्द प्रयोग गरेर समेत गाली आउन थालेपछि मेयर साम्पाङले उनिहरुलाई जेल हाल्ने धम्की दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, “विरोध गर्न लोकतन्त्रमा पाइन्छ ! तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन ! पत्ता लगाएर जेल हाल्न नपरोस् !”
Facebook Comment
Comment