काठमाडौं- ४ बाट नै उम्मेदवारी दिने तयारी गरेको छु : गगन थापा

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने तयारी गरेको बताएका छन् ।

कास्की-१ मा समेत उनलाई उम्मेदवार बनाउनुपर्ने भन्दै आवेदन परेपछि थापाले सामाजिक संजालमार्फत आफ्नो उम्मेदवारीबारे स्पष्ट पारेका हुन् ।

उनले आफूप्रति देखाएको सद्भावका लागि आफ्ना पार्टीका साथीहरुलाई  धन्यवाद दिएका छन् ।

‘मैले काठमाडौं ४ बाट नै उम्मेदवारी दिने तयारी गरिरहेको छु र स्वभाविक रुपमा म उम्मेदवार हुने यहीँबाट हो ।’ उनले फेसबुकमा लेखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved