पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड बन्द

पहिरो झरेपछि  मुग्लिन-नारायणगढ सडकखण्ड बन्द भएको छ । गएराति साढे २ बजे चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा लेदोसहितको पहिरो खस्दा सडक बन्द भएको हो ।

नेपालभ्युज

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड बन्द
फाइल तश्वीर

काठमाडौं। पहिरो झरेपछि  मुग्लिन-नारायणगढ सडकखण्ड बन्द भएको छ । गएराति साढे २ बजे चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा लेदोसहितको पहिरो खस्दा सडक बन्द भएको हो ।

रातिदेखि नै  पहिरोका कारण सडक ठप्प भएपछि अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । पहिरो हटाउन दुई तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले दुई वटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ ।

गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved