एमालेमा फिर्ता हुने घोषणा गरेका तामाङलाई एकीकृत समाजवादीले कारबाही गर्दै

नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा एमालेमा फिर्ता हुने घोषणा गरेका तारालामा तामाङलाई पार्टीले कारबाही गर्ने भएको छ।

नेपालभ्युज

एमालेमा फिर्ता हुने घोषणा गरेका तामाङलाई एकीकृत समाजवादीले कारबाही गर्दै

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा एमालेमा फिर्ता हुने घोषणा गरेका तारालामा तामाङलाई पार्टीले कारबाही गर्ने भएको छ। एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव लामालाई कारबाही सिफारिस भएको हो।

उनले सोमबार प्रदेश सभामा विशेष समय माग गर्दै एमालेमा फिर्ता हुने घोषणा गरेका थिए। पार्टीको अनुशासन र मर्यादा विपरीत वैधानिक व्यवस्थाविरुद्ध संसद बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले बताए।

तामाङ एमाले फुट्ने क्रममा नेकपा एकीकृत समाजवादीमा गएका थिए। तामाङ सुदूरपश्चिम प्रदेशमा ६ महिनाअघि आर्थिक मामिला तथा योजना मन्त्री समेत भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved