केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालभ्युज

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । केन्याविरुद्धको अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले मंगलबार सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

आजको खेलमा  नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। आरिफ शेख र शाहब आलमको स्थानमा विवेक यादव र वसिर अहमदले मौका पाएका छन् । पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो।

अहिले घरेलु टोली नेपालविरुद्ध सुरुआतमा फिल्डिङ गरिरहेको छ ।

यसअघि ४ खेल सकिँदा सिरिज २(२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved