धनुषामा सबै निर्वाचन क्षेत्रका लागि जसपाको उम्मेदवार सिफारिस

धनुषामा सबै निर्वाचन क्षेत्रका लागि जसपाको उम्मेदवार सिफारिस

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको सबै निर्वाचन क्षेत्रको लागि उम्मेदवार सिफारिस गरेका छन् ।

जसपा नेपाल धनुषाको सबै निर्वाचनमा उम्मेदवार छनोट विस्तारित बैठकबाट प्रत्यक्ष र समानुपातिकतर्फको लागि उम्मेदवारहरूको नाम सिफारिस गरिएको जसपाका नेता ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ वाट प्रतिनिधिसभाका लागि दीपक कार्कीको नाम सिफारिस गरिएको छ भने १ को ‘क’ बाट सुकेश्वर यादव र ब्रम्हदेव महतोलाई सिफारिस गरिएको छ । त्यस्तै, ‘ख’ बाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई सिफारिस गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा छनोट गरेका उम्मेदवारहरुमा प्रतिनिधिसभातर्फ बलराम महतो, सूर्यचन्द्र यादव, गजाधर रोहिता, देवकृष्ण मण्डल र राम शंकर पासवानलाई सिफारिस गरिएको छ भने प्रदेशसभाको ‘क’ तर्फ शैलेन्द्र प्रसाद यादव, अरुण सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रूपमा अगाडि सारिएको छ ।

त्यस्तै, ‘ख’ तर्फ राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलाई छनौट गरिएको छ ।

त्यसैगरी, जसपा नेपाल धनुषा क्षेत्र न. ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको लागि ४ जनाको सिफारिस गरिएको छ । प्रतिनिधिसभाका लागि लाल किशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरलाई सिफारिस गरिएको छ ।

त्यस्तै, प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोककुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्रकुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनोट गरिएको छ जसमा शम्भुप्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम प्रस्ताव गरिएको छ ।

त्यस्तै, जसपा धनुषा निर्बाचन क्षेत्र ४ को उम्मेदवार पनि छनोट गरिएको छ । जसमा प्रतिनिधिसभाका लागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरिएको छ ।

निर्वाचन क्षेत्र नं. ४ को ‘क’ वाट शेष नारायण यादव, बजरंग कुमार यादव, हरिनारायण यादव, बृजकुमार यादव, ज्ञानेन्द्र यादवको नाम सिफारिस गरिएको छ भने ४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोका नाम सिफारिस गरिएको छ ।

त्यस्तै, प्रदेश तर्फ समानुपातिकतर्फ उर्मिला साह, घनश्याम यादव, चमेली देवी र सुनीता महरासहित १४ जना र समानुपातिक प्रतिनिधिसभातर्फ विन्देश्वर यादव, मो साबिर राइन, प्रमिला दाससहित ६ जना रहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved