महानगरको 'एक्सन'

खिचापोखरीपछि बालेनको टोली दरबारमार्ग पुग्यो

नेपालभ्युज

खिचापोखरीपछि बालेनको टोली दरबारमार्ग पुग्यो

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) अवैध संरचना हटाउन दरबारमार्ग पुगेका छन् । महानगरले आज बुधबार विहानैदेखि अवैध संरचना हटाइरहेको छ ।

काठमाडौं मल, खिचापोखरी हुँदै मेयर शाहको टोली दरबारमार्ग पुगेको हो । महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।

दरबारमार्गमा  मेयर बालेनले भोलि बिहीबारसम्म सामान हटाउन व्यापारीलाई निर्देशन दिएका छन् ।दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ ।
महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचना तथा त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा डोजर लगाएको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved