सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन

नेपालभ्युज

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन
फाइल फोटो

काठमाडौ । आगामी निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारूढ गठबन्धनको बैठक बिनानिष्कर्ष  टुंगिएको छ । कार्यदल र शीर्ष नेताहरूबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक  बिनानिष्कर्ष टुंगिएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार कार्य दलका संयोजक कृष्णप्रसाद सिटौलाको अनुपस्थितका कारण केहीबेर छलफल गरेर बैठक बुधबार अपराह्न पाँच बजे बस्ने गरी सकिएको हो ।

‘सिट बाँडफाँडको आधारका विषयमा छलफल भइरहेको छ । निर्वाचनको प्रत्यक्षतर्फको एउटा आधार छ । समानुपातिकको अर्को आधार छ । स्थानीय तह निर्वाचनलाई पनि आधार बनाउने कुरा गरिराखेका छौं । विभिन्न आधारको विषयमा छलफल गरिराखेका छौं । छलफल सकारात्मक रूपमा अगाडि बढिराखेको छ । भोलि पनि बैठक हुन्छ, ‘ उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved