नेप्से ७.२४ अंकले ओरालो, कारोबार रकम पनि घट्यो

नेपालभ्युज

काठमाडौं । सोमबार सेयर बजारमा पुन: गिरावट आएको छ । आज बजार परिसूचक नेप्से ७.२४ अंक (०.३५ प्रतिशत) ले गिरावट हुँदा २०५३.३० अंकमा बन्द भएको हो । सोमबार म्युचुअल फण्डबाहेक सबै उपसूचक घटेको छ ।

सेयर बजारमा गिरावट हुँदा सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएकोमा सोमबार कारोबार रकम २ अर्बबाट तल झरेको छ ।

नेप्सेमा आज ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख ७१ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ५० लाख ३६ हजारको कारोबार भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved