राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि (तस्वीरहरू)

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

नेपालभ्युज

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि (तस्वीरहरू)

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टिअघि पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरूले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिए। गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि विभिन्न दलका नेता तथा उनका आफन्त पुगेका थिए।

त्यसअघि पार्टी कार्यालय सानेपामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का‚ महामन्त्री गगनकुमार थापा‚ नेता रामचन्द्र पौडेललगायत नेताले उनको पार्थिव शरीरमा माल्यार्पण गर्नुका साथै पार्टीको झन्डा ओडाएका थिए। घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved