भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको आग्रह: कश्मीर मामिलामा वार्तामा बसौँ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कश्मीर मामिलाको समाधान वार्ताबाट गर्न आफू तयार रहेको भन्दै कश्मीर मामिलामा वार्तामा बस्न भारतलाई आग्रह गरेका छन्।

नेपालभ्युज

भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको आग्रह: कश्मीर मामिलामा वार्तामा बसौँ
PM Shehbaz Sharif making desperate bid to get Pakistan out of FATF's Grey List.(photo:IN)

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कश्मीर मामिलाको समाधान वार्ताबाट गर्न आफू तयार रहेको भन्दै कश्मीर मामिलामा वार्तामा बस्न भारतलाई आग्रह गरेका छन्। पाकिस्तान वार्तामार्फत भारतसँग ‘स्थायी शान्ति’ चाहने पनि उनले बताएका छन्।
उनले कश्मीर विवाद सुल्झाउनका लागि दुवै देशका लागि युद्ध विकल्प हुनै नसक्ने बताएका छन्।

समाचार अनुसार शहबाज शरीफले हार्वर्ड युनिभर्सिटीका विद्यार्थीको एक प्रतिनिधिमण्डलसँग भेटका क्रममा यस्तो बताएका हुन्। उनले कश्मीर क्षेत्रमा स्थायी शान्तिका लागि संयुक्त राष्ट्रसंघको प्रस्ताव वार्ता अघि बढाउनुपर्ने पनि बताएका छन्।

भारत र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो ७५ वर्षयता अधिकतम समय तनावपूर्ण रहेको छ।
यसको मुख्य कारण कश्मीरको विवाद नै हो। भारतले पाकिस्तानमाथि कश्मीर मामिलालाई लिएर चरमपन्थीहरुको प्रयोग गरेको आरोप लगाइरहेको छ।

भारतले जम्मु र कश्मीर आफ्नो अभिन्न अङ्ग भन्दै आएको छ। भारतले उक्त भूभाग आफ्नै रहेको जिकिर गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved