इलाम–१ बाट उम्मेदवार बन्ने झलनाथ खनालको घोषणा

नेपालभ्युज

इलाम–१ बाट उम्मेदवार बन्ने झलनाथ खनालको घोषणा
फाइल तस्वीर

बुटवल । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले ०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएको क्षेत्रबाटै अब अन्तिमपटक चुनाव लड्ने बताए ।

सत्तारुढ गठबन्धनबाट आफ्नो उम्मेदवारी पक्का रहेको बताउँदै उनले आफूूले इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved