संसदमा पेस हुँदै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक

नेपालभ्युज

संसदमा पेस हुँदै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक

काठमाडौं । प्रतिनिधि सभाको  बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ प्रस्तुत हुने भएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीद्वारा जारी गरिएको संघीय संसदको कार्यसूचीका अनुसार आइतबार  ११ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले प्रस्तुत गर्ने सम्भावित कार्यतालिका रहेको छ।

त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७९ पेस गर्ने छन्  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved