कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल, स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील

नेपालभ्युज

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था जटिल, स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील

काठमाडौं । ललितपुरको नख्खुमा उपचाररत कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गरेकी हुन् । भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले जानकारी दिएकी छन् । यद्यपि अहिले पनि डाक्टरहरुको टिम उपचारमा जुटिरहेको भन्दै गिरिको स्वास्थ्यलाभको कामना गर्न समर्थकहरुलाई आग्रह गरेकी छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved