भरतमोहन स्मृति प्रतिष्ठानले वितरण गर्‍यो जेष्ठ नागरिकलाई मोबाईल

नेपालभ्युज

भरतमोहन स्मृति प्रतिष्ठानले वितरण गर्‍यो जेष्ठ नागरिकलाई मोबाईल

ललितपुर । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा सञ्चालित नागरिक आधारभूत शिक्षा तथा डिजिटल लिट्रेशी कार्यक्रम अन्तर्गत  जेष्ठ नागरिकहरुलाई मोबाईल वितरण गरिएको छ । प्रतिष्ठानले बुधबार
ललितपुरको बुङमतिमा सञ्चालित नागरिक आधारभूत शिक्षा कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई मोवाईल हस्तान्तरण गरेको हो ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले  कार्यक्रमलाई सम्बोधन गर्दे यो  युग डिजिटल युग भएकाले जेष्ठ नागरिकहरुलाई पनि सूचना प्रविधिको पहुँचमा पुर्‍याउनु सकारात्मक भएको बताए ।

उनले आधारभूत शिक्षा कार्यक्रम प्रदानमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निकै सकारात्मक भूमिका खेलेको जिकिर गरे।  अधिकारीले अघि सारेकाका कार्यक्रमहरु निकै लोकप्रिय रहेकाले सदैव स्मरणीय रहेको उनको भनाई छ ।

प्रतिष्ठानका सदस्य लीमा अधिकारीले मोवाईल वितरण भएसंगै तीन महिना जेष्ठ नागरिकहरुलाई मोवाइल चलाउन सिकाउने बताईन् । जेष्ठ नागरिकहरुलाई आधारभूत शिक्षाका साथै मोवाईल चलाउन पनि सक्षम बनाईने उनको भनाई छ । उनले प्रतिष्ठान राजनीतिक भन्दा पनि सामाजिक कार्यमा सक्रिय हुँदै आएको बताईन् ।

आधारभूत शिक्षा लिइरहेका जेष्ठ नागरिकहरुले आफुहरुले अक्षर पढ्न लेख्न सिकेको र निकै खुसी लागेको बताएका छन् । निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागरिकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष सबिता अधिकारी, ललितपुरका वडा अध्यक्षहरू, बुङमतिका प्रतिष्ठित व्यक्तिहरुको उपस्थीति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved