माओवादीको स्थायी कमिटी र सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी बैठकमा आउँदो निर्वाचनको लागि गठबन्धन गर्दा माओवादीले पाउने सिट संख्या र मापदण्डबारे छलफल हुनेछ । बुधबार नै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक पनि बस्दैछ ।

नेपालभ्युज

माओवादीको स्थायी कमिटी र सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
फाइल तश्वीर

काठमाडौं।  नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । बैठकमा आउँदो निर्वाचनको लागि गठबन्धन गर्दा माओवादीले पाउने सिट संख्या र मापदण्डबारे छलफल हुनेछ ।

सकभर धेरै सिट दाबी गर्ने रणनीति अपनाउन सदस्यले नेतृत्वलाई सुझाव दिएका छन् । यस्तै, बैठकमा माओवादीकै चुनाव चिन्हबाट चुनाव लड्ने नेपाल समाजवादी पार्टी र बामदेव गौतमको व्यवस्थापन तथा उनिहरुलाई कुन क्षेत्र दिन सकिन्छ भन्नेबारेमा पनि छलफल हुनेछ ।

बुधबार नै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक पनि बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारम बस्ने बैठकमा सिट बाँडफाँटको मोडालिटी तयार पार्ने जिम्मा पाएका संयोजक कृष्णप्रसाद सिटौलाले प्रस्ताव पेश गर्ने तयारी गर्नुभएको छ ।

पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको छ । अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved