केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

नेपालभ्युज

केन्याका उपराष्ट्रपति रुटो राष्ट्रपतिमा निर्वाचित

नैरोवी । केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका प्रमुखले सोमबार राती उनी राष्ट्रपतिय निर्वाचन मार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गरेको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिए । उनको यो भोट ५०.४९ भएको छ ।

उनिसँग प्रतिष्पर्धामा उभिएका प्रभावशाली विपक्षी नेता राइला अडिङगाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त गरे। यो सङ्ख्या ४८.८५ प्रतिशत हो ।

दुवै पक्षले प्राप्त गरेको मत अनुपात हेर्दा दुई जनाका बीचमा कडा प्रतिष्पर्धा भएको देखिएको छ ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेता रुटोले आफ्ना प्रमुख प्रतिस्पर्धी लगायत सबैसँग सहकार्य गर्न आफू सधैँ तयार रहेको बताए । उनले देशको विकास र समृद्धिका लागि निरन्तर काम गर्ने अठोट पनि व्यक्त गरे ।

‘केन्याका जनताले देशको काम गर्ने जिम्मेवारी हामीलाई दिएका छन्, हामी इमान्दारिताका साथ त्यो जिम्मेवारी पुरा गर्नेछौँ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved