निहारिका प्रकरणमा मुछिएका शिवराज श्रेष्ठ पक्राउ

नेपालभ्युज

निहारिका प्रकरणमा मुछिएका शिवराज श्रेष्ठ पक्राउ

काठमाडौं । निहारिका राजपुत प्रकरणमा मुछिएका शिवराज श्रेष्ठ  पक्राउ परेका  छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई मंगलबार  पक्राउ गरेको हो ।

कुमारी आमा भनेर चिनिने धनुषाकी निहारिका राजपुतले आफूमाथि नसालु पदार्थ सेवन गराई बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् ।

केहिदिन अघि शितलनिवास अगाडी आत्मदाहको प्रयास गरेकी उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको र छोरोको डीएनए परीक्षण गरिनुपर्ने माग राखेकी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved