स्थानीयको अवरोध छिचोल्दै ल्याण्डफिल साइट पुगे फोहोरका गाडी

नेपालभ्युज

स्थानीयको अवरोध छिचोल्दै ल्याण्डफिल साइट पुगे फोहोरका गाडी
फाइल तस्वीर

काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै  बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पुर्‍याइएको हो ।

मंगलबार नुवाकोटको सिसडोल र आलेटारमा स्थानीय वासिन्दाले फोहोर बोकेका गाडीमा अवरोध सिर्जना गरेका थिए ।

फोहोरको गाडी लिएर अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । बञ्चरेडाँँडाका स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको हो ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेका थिए । तर, डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि थप झडप भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved