वामदेवले खोले हँसिया हथौडा चुनाव चिन्ह रोज्नुको कारण

नेपालभ्युज

वामदेवले खोले हँसिया हथौडा चुनाव चिन्ह रोज्नुको कारण
फाइल तस्वीर

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर चुनाव लड्नुको कारण खुलाएका छन् ।

मंगलबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जित निश्चित गर्न माओवादी केन्द्रको चुनाव चिह्न रोजेको स्पष्ट पारेका हुन् । उनले भने, ‘गोलाकार भित्रको हसिया हथौडा भएको चुनाव चिह्नबाट म चुनाव लड्छु भनेर मैले इच्छा जाहेर गरेको हो ।’

उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिनुको कारण बताउँदै भने, ‘त्यसो गर्न म किन बाध्य भएँ भने त्यसो गरेपछि गठबन्धनले नलिइकन पनि म गठबन्धनमा सामेल हुन्छु, र मेरो जित सुनिश्चित हुन्छ ।’

संयोजक गौतमले आफू माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उठे पनि गठबन्धनमा सहभागी भने नभएको बताए । उनले भने, ‘म गठबन्धनमा छैन, गठबन्धनमा छु भन्दा गठबन्धनको बैठकमा प्रतिनिधित्व गर्न जान पर्‍यो, म त्यसमा जाँदिन ।’ उनले आफ्नो गठबन्धन माओवादीसँगको मात्र रहेको बताए ।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले सिट भागबण्डा गठबन्धनसँगै मिलाउने कि माओवादी केन्द्रले दिने भन्ने जिम्मा प्रचण्डलाई दिएको बताए । ‘यो जिम्मा प्रचण्डलाई जिम्मा दिएको छु, उहाँले दावी गरेर ल्याउनुहुन्छ कि आफैं दिनुहुन्छ,’ उनले भने, ‘म प्रचण्डको हिस्साबाट मैले पाउने हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved