२९ तोला सुन लुट्ने ३ जना पक्राउ, पूर्व सैनिक र पूर्व लडाकु मुख्य योजनाकार

नेपालभ्युज

२९ तोला सुन लुट्ने ३ जना पक्राउ, पूर्व सैनिक र पूर्व लडाकु मुख्य योजनाकार

काठमाडौं । कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेतको घरमा साउन २४ गते राति भएको २९ तोला सुन लुटपाटमा संलग्नमध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा पूर्व सैनिक र पूर्व लडाकु समेत छन् ।

उनीहरूले बस्नेतको घरबाट खुकुरी देखाएर २९ तोला सुन र १ लाख ५० हजार नगद लुटेका थिए ।

सिन्धुपाल्चोकका राम सिंह तामाङ, मकवानपुरका दिलबहादुर स्याङतान र काठमाडौंको चन्द्रागिरीका रोशन तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । लुटमा संलग्न ३ जना अझै फरार छन् । कार्यालयले पक्राउ परेकामध्ये मेलम्ची राम सिंह पूर्व सैनिक हुन् । उनी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १० वर्ष जेल बसेर छुटेका थिए । दिलबहादुर माओवादी युद्दमा सहभागी भएका पूर्व लडाकु हुन् । उनी पनि खुन डाँका मुद्दामा ९ वर्ष जेल बसेर निस्केका हुन् ।

उनीहरुबीच जेलभित्र चिनजान भएपछि मिलेर लुटपाटको योजना बनाएको पाइएको छ । यो समूहले अन्य विभिन्न स्थानमा पनि लुटपाट मच्चाएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved