अमेरिकी सेना काठमाडौंमा, नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने

नेपालभ्युज

अमेरिकी सेना काठमाडौंमा, नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने

काठमाडौं । अमेरिकी सेनाको टोली सोमबार काठमाडौं आइपुगेको छ । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्नको लागी क्याप्टेन ब्लेक डुकारेलको कमान्डमा   १६ सदस्यीय टोली सोमबार नेपाल आइपुगेको हो ।

टोलीले ‘एक्स ब्यालेन्स नेल’ सैन्य अभ्यास नेपाली सेनासँग संयुक्त रूपमा गर्ने बताइएको छ ।  यो सैन्य अभ्यास छाउनी र नगरकोट इलाकामा एक महिनासम्म सञ्चालन हुने बताइएको छ  ।

नेपाली सेनाको रेन्जर गणका ८० जना  यो अभ्यासमा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।  नेपाली सेना र अमेरिकी सेनाबीचको यो अभ्यास ३९ औँ संस्करण हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved