सत्तारुढ दलकै अवरोधले फोहर बोकेका गाडी बाटोमै रोकिए, काठमाडौंमा दुर्गन्ध फैलँदै

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका स्थानीय प्रतिनिधिले काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको बञ्चरेडाँडा जाँदै गरेका गाडी बीच बाटोमै रोकेका छन् ।

नेपालभ्युज

सत्तारुढ दलकै अवरोधले फोहर बोकेका गाडी बाटोमै रोकिए, काठमाडौंमा दुर्गन्ध फैलँदै
फाइल तश्वीर

काठमाडौं। सत्तारुढ दलकै अबरोधका कारण काठमाडौं उपत्यकाको फोहर बोकेका गाडी बाटोमै रोकिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका स्थानीय प्रतिनिधिले काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको बञ्चरेडाँडा जाँदै गरेका गाडी बीच बाटोमै रोकेका छन् ।

यसअघि नै सिसडोल र बञ्चरेडाँडाको स्थानीय सरोकार समितिले पटक पटक फोहर व्यवस्थापनमा अवरोध गर्दै आएकोमा अहिले सत्तारुढ दलकै स्थानीय प्रतिनिधिले विज्ञप्ती नै निकालेर फोहर फाल्न नदिने घोषणा गरेका छन् । सत्तारुढ दललाई नेकपा एमाले र राप्रपाले पनि साथ दिएका छन्।

आइतबार धादिङको धुनिबेशी नगरपालिका १ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । पटक पटकको अवरोधले फोहर उठ्न नपाउँदा काठमाडौं दुर्घन्धित बनेको छ । सडक गल्ली चोक खाली चौर पार्क जताततै फोहरका थुप्रा देखिन्छन् ।

चर्को घाम र पानीका कारण फोहरका किटाणु झनै सक्रिय हुने भएकाले महामारीको जोखिम रहेको जनस्वास्थ्यविद्ले चेतावनी दिँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved