नकारात्मक विचारबाट टाढा रहन यसो गर्नुहोस्

नेपालभ्युज

नकारात्मक विचारबाट टाढा रहन यसो गर्नुहोस्

काठमाडौं। नकारात्मक विचारले हाम्रो ऊर्जा समाप्त गर्दै हामीलाई अँध्यारोतर्फ लैजान्छ । प्रायः रित्तो महसुस गरिरहेका बेला हाम्रो दिमाग यस्ता विचारहरू खेल्ने गर्दछन् । किनकि, हामी रित्तो हुँदा धेरै कुराहरू सोचिरहेका हुन्छौँ । नकारात्मक विचारबाट टाढा रहने केही उपाय यस्ता छन् ।

आफ्ना प्रियजनलाई सुनाउनुस्

दिमागमा नकारात्मक सोच आइहाले पनि यसबारे पुनर्विचार गर्न छाडिदिनुस् । यस्ता सोच आउँछन् र आफैँ जान्छन् । तर, यो सोच खराब हो भनेर तपाईंले महसुस गर्न सक्नुपर्छ । त्यसपछि, यी सोचमा अल्झनुको साटो यसलाई छाडिदिनुस् । जति धेरै पुनर्विचार गर्नुहुन्छ, त्यति धेरै यसैमा अल्झनुहुन्छ ।

यस्ता खराब विचार निरन्तर आइरहेको छ भने नजिकको र आफूले विश्वास गर्ने व्यक्तिसँग सेयर गर्नुस् । अवस्थालाई नयाँ दृष्टिले हेर्नका लागि उनीहरूले सुझाव दिनसक्छन् ।

खराब विचारले कमजोर हुन नदिनुस्

मानिसहरू प्रायः नकारात्मक विचार आउन थालेपछि डराउन थाल्छन् । तर, समस्याबाट भाग्नुको साटो यसलाई जित्नुपर्छ । आफ्नो डर र नकारात्मक विचार दुवैको सामना गर्नुपर्छ । फरक तरिकाले सोच्न सुरु गर्नुस् र खराब अवस्था कस्तो हुनसक्छ भनेर विश्लेषण गर्नुस् । जब तपाई‌ले यस्तो गर्न थाल्नुहुन्छ, तब तपाईलाई कमजोर बनाइरहेको नकारात्मक चिन्ता र भय तपाईलाई सानो समस्याजस्तो लाग्न थाल्छ ।

समस्यालाई पहाड बनाउन छाड्नुस्

तपाई‌ले समस्यालाई पहाड बनाउन छाडेर समाधान खोज्नुपर्छ । यसलाई फक्रिन दिन हुँदैन । तपाईंले सबै समय नकारात्मक सोच्न बन्द गर्नुपर्छ । धेरै सोच्नाले अवस्था थप खराब मात्रै हुन्छ । सामान्यत: जब कुनै इस्युबारे सोच्नुहुन्छ, तब तपाईंको दिमागले स्वत: त्यस सम्पूर्ण अवस्थाबारे खराब विचार पैदा गर्नु सामान्य हो र अन्तत तपाईं नकारात्मक बन्नुहुन्छ । बरु, तपाईले सकारात्मक रहने कोसिस गर्नुपर्छ ।

हरेक कुरामा सकारात्मकता खोज्नुहोस् 

नकारात्मक विचारबाट माथि उठ्नका लागि आफैंसँग राम्रा प्रश्नहरू सोध्नुस् । त्यस पूर्ण घटनामा कुन एउटा राम्रो पक्ष थियो, त्यसैमा ध्यान केन्द्रित गर्नुस् । याद गर्नुस्, आफैँमाथि प्रश्न गर्ने र हरेक अवस्थामा केही राम्रो खोज्ने बानीले तपाईंको मस्तिस्कलाई सबै नकारात्मक विचारबाट मोड्ने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved