डर र कर दुवैले गर्दा गठबन्धन गर्नुपरेको हो : रामचन्द्र पौडेल

नेपालभ्युज

डर र कर दुवैले गर्दा गठबन्धन गर्नुपरेको हो : रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले डर र कर दुवैका कारण गठबन्धन गर्नुपरेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता र बाध्यता दुवै भएको बताएका हुन् ।

गठबन्धन गर्नुको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता पौडेलले भने ‘गठबन्धन डर र कर दुवै हो, हामीहरुले गठबन्धन नगरे अरु दलले गर्छन् ।’

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । उनीहरुले सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरेका छन् ।

आफू चितवनबाट निर्वाचन लड्ने कुरा गलत भएको भन्दै नेता पौडेलले तनहुँबाट नै चुनाव लड्ने संकेत गरे । चुनावपछि तपाईं प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा नेता पौडेलले अहिले नै प्रधानमन्त्री को बन्छ भन्ने कुरा टुंगो नलागेको बताए ।

उनले संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले संसदमा फिर्ता पठाउन नहुने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved