युद्धविरामपछि इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु

नेपालभ्युज

युद्धविरामपछि इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्ने क्रममा एक वरिष्ठ लडाकु कमान्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको तटीय क्षेत्रमा इजरायल र इस्लामिक जिहाद लडाकुबीचको घातक लडाइँ युद्धविरामद्वारा रोकिएको दुई दिनपछि पछिल्लो हिंसा भएको हो ।

नाब्लसको पुरानो सहरमा प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच गोली हानाहान गरेका थिए । गोली हानाहानमा चार जनाको अवस्था गम्भीर छ । अन्य ४० प्यालेस्टिनी घाइते भएका छन् । ‘आतंकवादी इब्राहिम अल–नाबुलसी नाब्लस शहरमा मारिएको थिए’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved