अमेरिकामा परेको भनिएको मुद्दाको बारेमा यस्तो भन्छन् रवि लामिछाने

फेसबुकमार्फत जवाफ दिँदै उनले लेखेका छन्, ‘‘अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ति नै छ।’’

नेपालभ्युज

अमेरिकामा परेको भनिएको मुद्दाको बारेमा यस्तो भन्छन् रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकामा आफ्नो ऋण र सम्पत्ति बाँकी नरहेको दाबी गरेका छन्।

केही अमेरिकी बैंकले लामिछानेलाई प्रतिवादी बनाएर मेरिल्यान्ड राज्यमा मुद्दा दर्ता गरेको र समग्रमा उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भएको भन्ने बारे सोसल मिडियामा आइरहँदा उनले आफूविरुद्ध कुनै मुद्दासमेत बाँकी नरहेको बताएका हुन्।

फेसबुकमार्फत जवाफ दिँदै उनले लेखेका छन्, ‘‘अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ति नै छ।’’

सबैले प्रक्रिया त पूरा गर्नैपर्छ भन्दै उनले ओपन लेखिएको एउटा केसमा तिर्नुपर्दैन भनेर वादीले नै फिर्ता गरेको भोलुन्टेरी डिस्मिस्ड लेखेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved