माओवादी अध्यक्ष प्रचण्ड जापानमा, नेपाली राजदुत सुवेदीले गरे स्वागत

नेपालभ्युज

माओवादी अध्यक्ष प्रचण्ड जापानमा, नेपाली राजदुत सुवेदीले गरे स्वागत

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् ।

नारिता विमानस्थलमा प्रचण्डलाई जापानका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले स्वागत गरे । यस्तै, जनप्रगतिशिल मञ्च र प्रवासी नेपालीले पनि प्रचण्डलाई स्वागत गरेका उनको सचिवालयले जनाएको छ ।

पाँच दिने भ्रमणका लागि प्रचण्ड शुक्रबार राति जापान पुगेका हुन् । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा उनी जापानमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

जापानमा रहँदा प्रचण्ड विभिन्न कार्यक्रममा मन्तव्य, उद्घाटन र अवलोकनमा सहभागि हुने तालिका रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved