नयाँ दिल्ली । सरकारविरोधी प्रदर्शनका क्रममा कांग्रेस नेता राहुल गान्धी पक्राउ परेका छन् । महँगी, बेरोजगारी लगायतको विरोधमा प्रदर्शन गरिरहेका ५० सांसदसहित कांग्रेसका २०० भन्दा बढी कार्यकर्तालाई दिल्ली प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका राहुलसहितका अधिकांश नेतालाई केही घण्टामा छाडिएको थियो ।
कांग्रेसको पञ्जाब र हरियाणा इकाईले पनि बढ्दो महँगी र बेरोजगारीविरुद्ध चण्डीगढमा प्रदर्शन गरेको बताइएको छ । सो राज्यका कांग्रेस इकाईका कार्यकर्ताले सबै जिल्ला कार्यालयमा महँगीविरुद्ध प्रदर्शन समेत गरेका छन्।
पञ्जाब इकाईले प्रदेश कांग्रेस अध्यक्ष अमरिन्दर सिंह राजा वडिङ र विपक्षी नेता प्रतापसिंह बाजवाको नेतृत्वमा विरोध प्रदर्शन गरेको थियो। हरियाणा इकाईको प्रदर्शनको नेतृत्व पूर्वमुख्यमन्त्री भूपेन्द्रसिंह हुड्डा र प्रदेश कांग्रेस अध्यक्ष उदय भानले गरेका थिए।
Facebook Comment
Comment