उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने सिके राउतको घोषणा

नेपालभ्युज

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन्।

राउतले अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने घोषणा गरेका हुन्।
बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी–२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको आफूले पनि सोही क्षेत्रबाट निर्वाचन लड्ने राउतले बताए।

जसपा अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरेसँगै नेताहरूले समेत आफ्नो उम्मेदवारीबारे मुख खोल्न थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved