कैलालीमा चितुवाको छालासहित चार पक्राउ

नेपालभ्युज

कैलालीमा चितुवाको छालासहित चार पक्राउ

धनगढी । कैलालीमा चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ तेघरी सडकखण्डबाट उनीहरू पक्राउ परेका हुन् ।

आरआईटी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला तेघरी सडकमा बुडरबाट धनगढीतर्फ आएको सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो जिपबाट चितुवाको छाला बरामद गरेको हो ।

पक्राउ पर्नेमा डोटी जोरायलका समिर ओली, कैलाली चुरे गाउँपालिका–०६ बस्ने टेकबहादुर रावत, धीरेन्द्र रावत र बैतडी डिलासैनीका राजेन्द्र सिंह भण्डारी छन् । उनीहरू सबै बोलेरोमा सवार थिए ।

उनीहरूको साथबाट टाउकोदेखि पुच्छरसम्म ४ फिट ७ इन्च, पुच्छरको लम्बाइ ३ फिट २ इन्च, चौडाइ २ फिट २ इन्च भएको चितुवाको छाला र दुई किलो हड्डी बरामद भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved