काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति आपत्ति जनाएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने जनाएका हुन् ।
विज्ञप्तिमा खनालले भनेका छन् ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग हो, यस्तो परिस्थितिमा न्यान्सी पेलोसीको भ्रमण एक चीन नीतिको विपरीत हो ।’
उनले आफ्नो पार्टी ताइवान र सिंगो एसिया क्षेत्रमा हुने शान्तिविरोधी गतिविधिको विपक्षमा रहेको पनि बताउँदै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
एसियाली देशको भ्रमणमा निस्किएकी पेलोसी मंगलबार सिंगापुर, मलेसिया हुँदै ताइवानको ताइपेइ पुगेकी थिइन् ।

Facebook Comment
Comment