पुल्चोकमा मःम व्यवसायी क्षेत्री मृत फेला

नेपालभ्युज

पुल्चोकमा मःम व्यवसायी क्षेत्री मृत फेला
सांकेतिक तस्वीर।

ललितपुर। ललितपुरको पुल्चोकमा मःम व्यवसायी मृत फेलापरेका छन् । दार्जिलिङ घर भएका ६२ वर्षीय राजकुमार क्षेत्री झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी अंगुर जिसीले बताए ।

कलेजोको समस्याका कारण एक महिनाअघि उनको पत्नीको मृत्यु भएको थियो । २५ वर्षदेखि पुल्चोकमा एउटै घरमा बस्दै आएका क्षेत्रीले बिहान अबेरसम्म ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

भित्रबाट ढोकामा चुकुल लगाएर पंखाको हुकमा सलमा पासो लागेर झुन्डिएको अवस्थामा प्रहरीले उनको शव निकालेको छ । शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको डीएसपी जिसीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved