मालदिभ्सका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

नेपालभ्युज

मालदिभ्सका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता
तस्वीर स्रोत - एएफपी

नयाँ दिल्ली। भारत भ्रमणमा रहेका मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। उनले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेका अधिकारीहरूले जानकारी दिएका छन्। प्रधानमन्त्री मोदीको निमन्त्रणामा मालदिभ्सका राष्ट्रपति सोलिहको चार दिने भ्रमण शुरु भएको हो।

मुख्यगरी धेरै क्षेत्रमा सहकार्य गर्ने गरी बनाइएको दीर्घकालीन योजनाहरूको कार्यान्वयनको अवस्था समीक्षा गर्न सोलिहले भारत भ्रमण तय गरेका जनाइएको छ।
सोलिह नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मालदिभ्सका व्यावसायिक प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। त्यसैले भ्रमणका क्रममा व्यावसायिक विषय पनि उच्च प्राथमिकतामा परेका छन्।

“छिमेकी मुलुक मालदिभ्सका राष्ट्रपतिको भारत भ्रमण हुनु आफैँमा सकारात्मक कुरा हो, यसलाई सदुपयोग गर्न आवश्यक छ, दुई पक्षीय हितका लागि आपसी सम्बन्ध बलियो बनाउँदै लैजानु छ,” भारतको विदेश मामिला मन्त्रालयले सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ।

भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, विदेश मन्त्री एस जयशंकरलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved