नारायणी नदीमा ठूलो बाढी, चितवन र नवलपरासीमा उच्च सतर्कता जरूरी

त्रिशुली र मर्स्याङ्दीको दोभान देवघाट मापन केन्द्रमा बाढीको जल सतह सतर्कताको तहमा पुगेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । देवघाटमा पानीको सतह ७ दशमलव ३ मिटरसम्म पुगेको छ ।

नेपालभ्युज

नारायणी नदीमा ठूलो बाढी, चितवन र नवलपरासीमा उच्च सतर्कता जरूरी

काठमाडौं। नारायणी नदीमा ठूलो बाढी आएको छ । नारायणी नदी बेसिनका सहायक नदीमा पानीको सतह बढ्दा नारायणीमा ठूलो बाढी आएको हो ।

त्रिशुली र मर्स्याङ्दीको दोभान देवघाट मापन केन्द्रमा बाढीको जल सतह सतर्कताको तहमा पुगेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । देवघाटमा पानीको सतह ७ दशमलव ३ मिटरसम्म पुगेको छ ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।
आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना छ । केहि ठाउँमा भने भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved