विभिन्न ठाउँमा भारी वर्षा, जोखिम भएका ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वदेखि पश्चिमसम्मका केहि ठाउँमा भारी वर्षा भएको छ । 

नेपालभ्युज

विभिन्न ठाउँमा भारी वर्षा, जोखिम भएका ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह
फाइल फोटो

काठमाडौं।  देशका विभिन्न ठाउँमा गएराती भारी वर्षा भएको छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा वर्षा भएकोमा केहि ठाउँमा भारी वर्षा भएको छ ।

झापाको, दमक, उर्लावारी, शनिश्चरे र चन्द्रगढी आसपास राती ठूलाे वर्षा भएको छ । मेची, विरिङ्, विन्दा र रतुवा नदीमा बाढी आइरहेकाले उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सिन्धुली, काभ्रे, काठमाडाैं उपत्यका, धादिङ् चितवन लगायतका धेरै ठाउँमा ठूलाे वर्षा भएको छ । अहिले मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशभरको मौसम बदली भइ पानी पर्न लागेको हो । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ ।

वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved