रुसी आक्रमणमा युक्रेनी धनाढ्य व्यवसायीको मृत्यु

रुसी आक्रमणमा एक जना युक्रेनी व्यवसायीको मृत्यु भएको छ। आइतबार बिहान माइकोलेभ सहरमा रुसी आक्रमणमा परी युक्रेनी धनाढ्य व्यवसायी ओलेक्सी भादातुर्स्की र उनकी पत्नी राइसाको मृत्यु भएको युक्रेनी सञ्चारमाध्यमले जनाएका छन्।

नेपालभ्युज

रुसी आक्रमणमा युक्रेनी धनाढ्य व्यवसायीको मृत्यु

काठमाडौं। रुसी आक्रमणमा एक जना युक्रेनी व्यवसायीको मृत्यु भएको छ। आइतबार बिहान माइकोलेभ सहरमा रुसी आक्रमणमा परी युक्रेनी धनाढ्य व्यवसायी ओलेक्सी भादातुर्स्की र उनकी पत्नी राइसाको मृत्यु भएको युक्रेनी सञ्चारमाध्यमले जनाएका छन्।

७४ वर्षीय ओलेक्सी अन्न निर्यात गर्ने कम्पनी निबुलोनका मालिकसमेत हुन्।

उनी ’हिरो अफ यु्क्रेन’ अवार्डबाट सम्मानित समेत भएका थिए। ’हिरो अफ युक्रेन’ युक्रेनी राष्ट्रपतिद्वारा प्रदान गरिने उच्च राष्ट्रिय उपाधि हो। माइकोलेभका मेयरका अनुसार सहरमा सबैभन्दा ठूलो बमबारी भएको हो। सहरका प्रमुख होटेल, स्पोर्ट्स कम्प्लेक्स, विद्यालय र नागरिकका घरहरू आक्रमणमा ध्वस्त भएको बीबीसीले जनाएको छ। उक्त क्षेत्रका नेता भिटाली किमका अनुसार व्यवसायी ओलेक्सीले माइकोलेभका लागि थुप्रै योगदान गरेका छन् । निबुलोनले अन्न निर्यातका लागि युक्रेनमा थुप्रै संरचना निर्माण गरेको छ।

युक्रेनी मिडिया द किभ इन्डिपेन्डेन्टका अनुसार सन् २०२१ सम्मको तथ्यांकअनुसार ओलेक्सीको कुल सम्पत्ति ४ सय मिलियन डलर (करिब ५० अर्ब नेपाली रुपैयाँ) रहेको छ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले फेब्रुअरी २४ मा आक्रमण शुरु गरेको हो। त्यसयता १५ हजार युद्ध अपराधका घटना भएका युक्रेनी अधिकारीको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved