उपचार सकेर स्वदेश फर्किइन् आरजु देउवा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु देउवा स्वदेश फर्किएकी छन्। भारतको राजधानी नयाँदिल्लीमा उपचार सकेर आरजु आइतबार काठमाडौं फर्केकी हुन्।

नेपालभ्युज

उपचार सकेर स्वदेश फर्किइन् आरजु देउवा
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु देउवा स्वदेश फर्किएकी छन्। भारतको राजधानी नयाँदिल्लीमा उपचार सकेर आरजु आइतबार काठमाडौं फर्केकी हुन्।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आरजु सहितको फोटो राख्दै स्वदेश फर्केको जानकारी गराएका हुन्।

दिल्लीको म्याक्स अस्पतालमा उनको उपचार भएको थियो। उपचारको सिलसिलामा भारत गएकी आरजुले त्यहाँ राजनीतिक दलका नेताहरूसँग पनि छलफल गरेकी थिइन्।

आरजु दिल्लीमै रहेको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्लीको भ्रमण गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved