राहदानी बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाइदिन आएका सेवाग्राहीलाई राहदानी बनाइदिन्छु भन्दै रकम संकलन र ठगी गरेको सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

नेपालभ्युज

राहदानी बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। राहदानी बनाइदिने भन्दै ठगी तथा कीर्ते कसूरमा संलग्न ४ जना पक्राउ परेका छन्। त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाइदिन आएका सेवाग्राहीलाई राहदानी बनाइदिन्छु भन्दै रकम संकलन र ठगी गरेको सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ५ घर भई काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिवास १० घर भई चाबहिल बस्ने २८ वर्षीय कुमार राई, सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षीय राम पौडेल र काठमाडौं गोकर्णेश्वर २ सुन्दरीजल घर भई चावहिलमा रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गरी बस्ने ४१ वर्षीय विवेक गुरुङ छन्।

उनीहरुबाट ३२ थान राहदानी अनलाइन फारम, ल्यापटप तीन थान, प्रिन्टर एक थान र मोबाइल तीन थान बरामद गरिएको र काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved