श्रीलङ्कामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता शुरु

नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका हुन्।

नेपालभ्युज

श्रीलङ्कामा ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता शुरु

काठमाडौं। श्रीलङ्का सरकारले ‘सर्वदलीय’ सरकार गठन गर्ने प्रयासमा बिहीबार विपक्षी दलहरूसँग वार्ता शुरु गरेको छ। नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिङ्घेले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सँग ‘सर्वदलीय’ सरकार गठनका लागि वार्ता गरेका हुन्।

यो प्रक्रिया देशका अन्य दल तथा समूहसँग पनि जारी रहने छ। एक हप्तामा पूरा हुने अपेक्षा गरिएको स्रोतलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल सामागी जाना बालावेगया (एसजेबी) ले भने सरकारमा सहभागी नहुने जनाइसकेको छ। तथापि यसका केही सांसदहरू व्यक्तिगत रूपमा सरकारमा सामेल हुनसक्ने विश्लेषकहरूले बताएका छन्।

सांसद विमल विरावाणसाको नेतृत्वमा राष्ट्रिय स्वाधीनता मोर्चा (एनएफएफ) ले पनि हिजो राष्ट्रपतिलाई सकारात्मक सङ्केत पठाएको सरकारले जनाएको छ। उनले विक्रमासिङ्घेलाई समर्थन गर्ने वचन दिएका थिए। लिखित रूपमा सरकारलाई दिएको जानकारीमा सांसद वीरावाणसाले देशलाई दुई वटा मात्र विकल्प बाँकी रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved