एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ्बीच दुई घण्टा १७ मिनेट टेलिफोन वार्ता भएको छ। अमेरिका र चीनबीच आर्थिक तथा भूराजनीतिक तनाव चुलिएका बेला दुई राष्ट्रपतिबीच भएको कुराकानीलाई महत्वकासाथ हेरिएको छ।
बाइडेन सन् २०२१ जनवरीमा अमेरिकाको राष्ट्रपति नियुक्त भएयता सी र बाइडेनबीच पाँचौँ पटक कुराकानी भएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले ह्वाइट हाउसलाई उदृत गर्दै बताएको छ।
दुई राष्ट्रप्रमुखबीच टेलिफोन कुराकानीमा के—के विषयमा छलफल भयो भन्ने सार्वजनिक भइसकेको छैन।
ताइवान, युक्रेन संकट र चीन—अमेरिका व्यापारमा देखिएका अवरोध लगायतका बिषयमा कुराकानी भएको हुनसक्ने अनुमान भइरहेको छ।
रुसले युक्रेनमा गरेको आक्रमणको अमेरिकासहित पश्चिमा मुलुकले निन्दा गरेपनि चीनले रुस चिढिने भयले युक्रेन मामिलामा तटस्थ नीति लिँदै आएको छ। चीनले युक्रेनमाथिको रुसी हमलाको निन्दा गरेको छैन।
यही साता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकालाई आफ्नो लक्ष्मण रेखा पार नगर्न आग्रह गरेका थिए।
Facebook Comment
Comment