काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०६४ को निर्वाचनमा आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको जिकिर गरेका छन्। एमालेको दमक नगर कमिटी कार्यालयमा विहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले १५ वर्षअघिको चुनावी प्रशंग उप्काएका हुन्।
दमकमा अहिको स्थानीय तह चुनावमा एमालेले हारेको थियो। फेरि पहिलेजस्तो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको उल्लेख गर्दै ओलीले भने, ‘‘गल्ती कहिले कहिले हुन्छ। तर, पटकपटक दोहोरिनु हुँदैन। अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु।’’
त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको तर्क थियो। अहिले स्थानीय तहमा समेत जनता पछुताउने ओलीको जिकिर थियो।
२ महिनाअघि सम्पन्न स्थानीय चुनावमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापा निर्वाचित भएका थिए।
Facebook Comment
Comment