शपथसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

नेपालभ्युज

शपथसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं। राष्ट्रिय सभा बैठकले शपथसम्बन्धी विधेयक २०७९ पारित गरेको छ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो।

थप चारवटा प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सम्बन्धित समितिबाट विभिन्न चार प्रतिवेदन पेश भएका छन्।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, ‘सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७’ र सङ्क्रामक रोग ऐन, २०२० को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७८’ पेश गरिएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved