गृहले भन्यो– भिजिट भिसामा विदेश गएर काम नगर्नू

नेपालभ्युज

गृहले भन्यो– भिजिट भिसामा विदेश गएर काम नगर्नू

काठमाडौं। गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर श्रम नगर्न आग्रह गरेको छ। गृहले बुधबार विज्ञप्ति जारी गर्दै विदेशमा रोजगारीका लागि जाने नेपालीहरूले सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेर मात्र जान आग्रह गरेको हो।

भिजिट भिसामा विदेश गएर काम गर्दा बिमा, क्षतिपूर्ति, राहतलगायतका सुविधाबाट वञ्चित हुने भएकाले अलपत्र परेका नेपालीहरूलाई उद्धारमा समेत कठिनाइ हुने गृहले स्पष्ट पारेको छ।

स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रका नागरिक विदेश भ्रमण वा रोजगारीका सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरूको अभिलेख राख्न आग्रह गरेको छ।

गृहले भिजिट भिसामा विदेश जानेहरूले घुम्ने प्रयोजनमात्र बनाउनुपर्ने र भिजिट भिसाको प्रयोग गरी श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आग्रह गरेको छ।

भिजिट भिसामा खाडीलगायत अन्य मुलुक पुगेका नेपालीहरूले श्रम गर्न थालेपछि समस्यामा परेका छन्। गैरकानुनी रुपमा भिजिट भिसामा रोजगारका लागि खाडी पुगेका हजारौँ नेपालीहरूले दुःख व्यहोर्न बाध्य भएका छन् भने कतिपय अलपत्र परेका छन्।

गैरकानुनी ढङ्गले विदेश गएर दुःख पाएका नेपालीहरूको उद्धार गर्नसमेत कठिनाइ हुने गृहले स्पष्ट पारेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved